काठमाडौं । मनकामना केबलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा आज विभागीय एपीएफ र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा हुने पहिलो क्वाटरफाइनलमा दुबै टिम जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्न चाहन्छन् । खेल दिउसो साँढे २ बजे सुरु हुनेछ ।
सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार तेस्रो र एपिएफ पाचौँ भएको थियो । लिगको भेटमा एपिएफलाई थ्रीस्टारले २–० ले हराएको थियो ।
रुस्लान थ्री स्टार क्लब सिमरा गोल्डकपको विजेता टिम हो । खप्तड गोल्डकपको उपविजेता बनेको थ्री स्टार मोफसलमा दोस्रो उपाधिको खोजीमा छ । एपीएफ भने मोफसलको प्रतियोगितामा फाइनल यात्रा तय गर्न सकेको छैन ।
प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार पाउनेछ । उपविजेतालाई ४ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा ए डिभिजन क्लब सहित ११ टिमको सहभागिता रहेको छ ।