नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत
आइतबार, असार २९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली यु–१७ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा सञ्जीत सिंह नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
साफ यु–१७ च्याम्पियनसिप श्रीलंकाको राजधानी कोलम्बोमा हुनेछ । प्रतियोगिताको खेल तालिका सार्वजनिक भइसकेको छैन ।












