शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 

आइतबार, असार २९, २०८२खेलपाटी संवाददाता
नेपाल भर्सेस बंगलादेश : ‘आर्च राइभल’ 
Classic Tech Internet Ad

काठमाडौं। केही समयअघि यस्तो थियो, दक्षिण एसियाली महिला फुटबलमा प्रतिस्पर्धा भन्ने शब्दको परिभाषा भारतको वरिपरि घुम्थ्यो।

अब त्यो परिभाषा फेरिएको छ। अझ भनौं कट्टरता अहिले नेपाल र बंगलादेशबीच केन्द्रित छ। यो द्वन्द्व मैदानको सीमाना नाघेर राष्ट्रिय आकांक्षाको कथासम्म आइपुगेको छ।

साफ यु–२० महिला च्याम्पियनसिपअन्तर्गत आइतबार ढाकाको बसुन्धरा किंग्स एरिनामा नेपाल र घरेलु टोली आमनेसामने हुँदैछन्। यो खेल ३ अंकको मात्रै होइन। दुई फरक युगबीचको प्रतिस्पर्धा हो।

एकातर्फ आफ्नो भूतलाई सजीव राखेर भविष्य निर्माण गर्न खोजिरहेको नेपाल छ। अर्कोतर्फ एएफसी महिला एसिया कप छनोटमा इतिहास कोरेर आत्मविश्वासमा चुर भएको बंगलादेश।

नेपालले भुटानमाथि ६–१ को सानदार जितसहित प्रतियोगिताको सुरुआत गरेको थियो। तर, त्यो जितको स्वाद हिलाम्य मैदानले खल्बल्यायो।

मुख्य प्रशिक्षक यमप्रसाद गुरुङका शब्दमा हाम्रा खेलाडीहरूले यस्तो मैदानमा कहिल्यै खेलेका थिएनन्। जुन दिन मौसम र मैदान दुवैले साथ दिन्छ, त्यो दिन नेपाल टोलीले योभन्दा अझ घातक रूप लिनसक्ने उनले संकेत गरेका छन्।

त्यो संकेत अब बंगलादेशमाथि लागू गर्नुपर्ने चुनौती छ। तर, बंगलादेश त्यति कमजोर टोली भने होइन। टोली अनुभवले भरिएको छ। सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका ९ खेलाडीले यु–२० टोलीलाई सशक्त बनाएका छन्। 

एसिया कप पुगेसँगै बंगलादेशको आत्मविश्वास बलियो बनेको छ। अर्कोतर्फ घरेलु मैदान भएको कारण बंगलादेशलाई १२औं खेलाडीको समर्थन हुनेछ। नेपाल भने केही फरक लक्ष्यसहित मैदान उत्रिने छ। 

प्रशिक्षक गुरुङ भन्छन्, ‘हामी भविष्यका लागि खेल्ने खेलाडी खोज्न मैदान उत्रिने छौं।’ यही भविष्य बनाउने सपना लिएर उत्रिएका हुन्, मनमाया परियार, सेनु परियार, पूर्णिमा राईजस्ता खेलाडी। यी खेलाडी खेल जित्न मात्रै होइन, इतिहास बदल्न मैदान ओर्लिरहेका छन्। 

प्रशिक्षक गुरुङको शब्द एउटै वाक्यमा अडिएको छ– यो टिममा च्याम्पियन बन्ने क्षमता छ। यसअघि २०२३ को संस्करणमा नेपाल फाइनलमै बंगलादेशसँग पराजित भयो। तर, त्यो कथा अहिले फेरिएको छ। अब त्यो पराजय त्रास होइन, प्रेरणा बनेको छ।

अहिले दक्षिण एसियामा नेपाल र बंगलादेशको महिला फुटबल भिडन्त ‘क्लासिक’ जस्तो देखिन थालेको छ। भारत अझै प्रबल नाम होला। तर, रोमाञ्चक प्रतिस्पर्धाको रङ नेपाल र बंगलादेशले थपिदिएका छन्।

यही कुरा बंगलादेशी पत्रकारले प्रतियोगिता सुरु हुनुअघि नै प्रशिक्षक गुरुङलाई सोधेका थिए,‘तपाईंहरू आर्च राइभल हो?’ गुरुङको जवाफ थियो, ‘अवश्य। अहिलेको समयको खेल भारतभन्दा नेपाल–बंगलादेशबीच अझै रमाइलो भएको छ।’

नेपालका लागि यो फगतको दोस्रो खेल मात्रै होइन। त्यो दौडको अर्को मोड हो जसको अन्त्य उपाधिसम्म पुर्‍याउन सक्छ। गोलअन्तरमा बंगलादेश अघि भए पनि जितले स्थिति उल्ट्याउन सक्छ।

यो जितले अघिल्लो रजत सम्झनामा मल्हम बन्न सक्छ। र, त्यो मल्हम अब आवश्यक भएको छ। किनभने नेपालले उमेर समूहको साफमा अझै स्वर्ण छुन सकेको छैन।

यस पटक नेपाल बलियो तयारीसहित बंगलादेश पुगेको छ। तर, बलियो टोलीविरुद्ध जित्न खेल्ने मात्र हैन, बलियो रणनीति बनाउन पनि जान्नुपर्छ। बंगलादेशसँगको खेल त्यही रणनीतिको एक परीक्षा हो।

हिजो भारतसँग खेल्न आतुर नेपाल आज बंगलादेशसँग खेल्न तयार छ। यो तयारी अवस्थामा रहेको टोली जित्न मात्रै चाहन्न, इतिहास पनि लेख्न चाहन्छ। जसरी बंगलादेशले एसिया कपमा इतिहास बनायो नेपाल अब साफ यु–२० को किताबमा आफ्ना स्वर्ण अक्षर खोप्न उद्यत छ।

यस खेलको नतिजा जे भए पनि ढाकामा आइतबार साँझ दुई टोलीको भिडन्तले दक्षिण एसियाली महिला फुटबलको भविष्यको दिशानिर्देश भने तय गर्नेछ– अंक तालिकामा अब को अग्रणी हुन्छ? नेपालको जवाफ भने स्पष्ट हुनुपर्छ, ‘हामी’।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

Bajaj Pulsar Motorcycle Ad
चार जना प्रशिक्षकको विदाई

चार जना प्रशिक्षकको विदाई

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

विश्वकप खेल्न कबड्डी टोली बंगलादेश जाने

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नेपालविरुद्ध हम्जाले गरेको गोल फिफाको पेजमा !

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

नव जनजागृति र काँक्रबिहार एन्फा राष्ट्रिय लिगमा छनोट

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स