एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
बिहिबार, असार २६, २०८२खेलपाटी संवाददाता

काठमाडौं। सुगम रानाको २ गोलसँगै न्युरोड टिम (एनआरटी)ले एन्फा यु–१६ युथ लिगमा पुनरागमन जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा एनआरटीले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ३–१ को जित निकालेको हो।
एनआरटीको जितमा सुगमबाहेक सुनिल घर्तीमगरले १ गोल थपे। आर्मीले सोहित वाइबाको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। तर, उक्त अग्रता जोगाउन सकेन।
जितसँगै एनआरटीले ३ खेलबाट ३ अंक जोडेको छ। समान खेलबाट आर्मीको पनि ३ अंक नै छ।












