काठमाडौं । दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पहिलो हाफको खेल सकिदाँ आर्मी क्लबले १–० ले अगाडी छ ।
आर्मीका लागि टंक बस्नेतले गोल गरे । खेलको चौथो मिनेटमा सन्तोष तामाङको कर्नर बललाई मनाङका डिफेन्डरले क्लियर गर्न नसक्दा टंकले पहिलो बार च्याप्दै गोल गरेका हुन् ।
खेलेको १० मिनेटमा मनाङका सुजल श्रेष्ठले गोल गर्ने सुनौलो अवसर खेर फालेका थिए । उनले हानेको फ्रिकिक क्रसबारको केही माथिबाट बाहिरिएको थियो ।
लिगमा भएको भेटमा आर्मीलाई मनाङले १–० ले हराएको थियो ।
प्रतियोगिताको विजेताले १६ लाख प्राप्त गर्नेछ । उपविजेता टिमले ८ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा ए डिभिजन क्लब सहित ८ टिमको सहभागीता रहेको थियो ।