काठमाडौं । मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगितामा पुलिस र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ । पोखरा रंगशालामा पहिलो हाफको खेल सकिदाँ दुवै टोलीले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको एघाराैँ मिनेटमा संकटाले खेलमा अग्रता लिएको थियो । सुभाष गुरुङको पासमा ईलोन म्याक्सवेलले गोल गर्दै लिग उपविजेता टोलीलाई अग्रता दिलाएका थिए ।
३२ औ मिनेटमा अभिषेक रिजालको गोलमार्फत पुलिस खेलमा फर्किएको थियो । निरकुमार राईको पासमा संकटाका गोलकिपरलाई बिट गर्दै रिजालले बराबरी गोल गर्न सफल भए ।
खेलको विजेता क्वार्टरफाईनल प्रवेश गर्नेछ ।
यसअघि खप्तड गोल्डकपमा पुलिसले संकटालाई टाईब्रेकरमा हराएको थियो । लिगमा भने संकटाले पुलिसलाई २-१ ले हराएको थियो ।