एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) ४ खेलहरु संचालन हुँदैछ । ला लिगामा शनिबार शीर्ष स्थानको बार्सिलोना, सेभिया, गेटाफे लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
ला लिगामा लिग लिडर बार्सिलोनाले शनिबार भ्यालेन्सियाको सामना गर्दैछ । बार्सिलोनाको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति ११:१५ मा सुरु हुनेछ ।
घरेलु मैदानमा बार्सिलोना जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चाहन्छ । कोपा डेल रेमा सेभियामाथि निकालेको फराकिलो जितले बार्सिलोना थप हौसिएको छ ।
भ्यालेन्सियालाई घरेलु मैदानमा हराउन सके बार्सिलोनाले लिगमा अग्रता ८ अंकको बनाउने छ । बार्सिलोनाको ४९ अंक छ ।दोस्रो स्थानको एट्लेटिको मड्रिडको ४४ अंक छ ।
तर, उत्कृष्ट लयमा रहेको बार्सिलोनालाई भ्यालेन्सियामाथि जित निकाल्न कठिन भने हुनेछ । भ्यालेन्सिया २९ अंक जोडेर लिगको सातौं स्थानमा छ । भ्यालेन्सिया पनि घरेलु मैदानमा बार्सिलोनालाई हराएर अंक तालिकामा सुधार गर्न चाहन्छ । त्यसैले भ्यालेन्सियाले बार्सिलोनालाई कडा चुनौती दिनेछ ।
ला लिगा अन्तर्गत नै अन्य खेलमा सेभियाले सेल्टा भिगोको सामना गर्नेछ । यस्तै गेटाफेले लेभान्टेसंग तथा एथलेटिको बिल्बाओले रियल सोसिडाडसंग प्रतिस्पर्धा गर्नेछन् ।