काठमाडौं । भारतको उडिसा भुवनेश्वरमा हुने हिरो महिला गोल्डकपको खेल तालिका सार्वजनीक भएको छ । भारतीय फुटबल महासंघले सार्वजनीक गरेको तालिका अनुसार नेपालले पहिलो खेल माघ २६ गते म्यानमारसंग खेल्नेछ ।
प्रतियोगिता माघ २६ देखि फागुन ३ गतेसम्म सञ्चालन हुदैछ ।
आसन्न साफ र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको हो । अन्तिम समयमा श्रीलंकाले प्रतियोगिता नखेल्न जनाएपछि ईरानलाई सहभागि गराईएको छ ।
नेपालले दोस्रो खेलमा माघ २८ गते ईन्डियासंग खेल्नेछ । तेस्रो खेलमा नेपालले फागुन १ गते ईरानसंग खेल्नेछ । राउण्ड राेबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली फाईनल पुग्नेछन् ।
फाईनल खेल फागुन ३ गते हुनेछ ।
प्रतियोगिताको तयारीका लागि नेपाली टिम अहिले झापामा बन्द प्रशिक्षणमा रहेको छ ।
भारत जाने नेपाली टिम :
गोलकिपर : एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर : हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मन माया लिम्वु
मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी
स्ट्राइकर : अनु लामा, रेखा पौडेल, निरु थापा, सावित्रा भण्डारी, अनिता के सी ।