एजेन्सी । घरेलु टोली दक्षिण अफ्रीकाले पाकिस्तानविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ । शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रीकाले पाकिस्तानलाई ६ रनले हराएको हो ।
केप टाउनमा दक्षिण अफ्रीकाले दिएको १९३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभरमा ९ विकेट गुमाएर १८६ रन बनाउन सक्यो । पाकिस्तानका लागि कप्तान सोयव मल्लिकले ४९ रन जोड्दा हुसेन टलटले ४० रन जोडे ।
यस्तै बाबर आजमले ३८ रन बनाए । दक्षिण अफ्रीकाका तार्बेज शामी, कृष मोरीस र एरिक हेन्ड्रिक्सले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले पुरै २० ओभरमा ६ विकेट गुमाएर १९२ रन जोडेको थियो । दक्षिण अफ्रीकाका लागि कप्तान फाप डु प्लेसिसले ७८ रन जोड्दा एरिक हेन्ड्रिक्सले ७४ रनको अर्धशतकीय इनिङस खेले । पाकिस्तानका उस्मान सिनवारीले ३ विकेट लिए ।
यो जितसंगै दक्षिण अफ्रीकाले ३ खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ । अब दोस्रो खेल आइतबार हुनेछ ।
दक्षिण अफ्रीकाले पाकिस्तानविरुद्धको पाँच खेलको एकदिवसीय सिरिज ३-२ ले जितिसकेको छ ।