काठमाडौं । मनकामना केबलकार पोखरा अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो प्रिक्वार्टरफाइनमा नेपाल पुलिस र संकटा क्लबबीच प्रतिस्पर्धा हुदैछ । पोखरा रंगशालामा हुने खेल दिउँसो ठिक साढे २ बजे सुरु हुनेछ ।
ए डिभिजन लिगको उपविजेता संकटा र विभागीय नेपाल पुलिस क्लब जित हात पार्दै क्वाटरफाइनल यात्रा तय गर्न चाहन्छन् । लिग लगत्तै पुलिसले खप्तड गोल्डकप जितिसकेको छ । संकटा भने मोफसलका प्रतियोगितामा फाइनलसम्म पुग्न सकेको छैन ।
शुक्रबार भएको खेलमा आयोजक पोखरा ११ लाई १–० ले पराजित गर्दै ब्रिगेड व्वाइज क्वार्टरफाइनल प्रवेश गरेको छ । प्रतियोगितामा ११ टिम सहभागि छन् । विजेताले ७ लाख ५५ हजार पाउनेछ । उपविजेतालाई ४ लाख ५ हजार दिईने आयोजकले जनाएको छ ।