काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले पाँचौ विकेट गुमाएको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १०८ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेट गुमाएको हो ।
नेपालले पाँचौ विकेटको रुपमा सन्दीप जोरालाई गुमाएको हो । अघिल्लो खेलमा अर्धशतक बनाएका सन्दीप १ रन जोडेर आउट भए ।
नेपालले १० ओभर १ बलमा ५ विकेट गुमाएर ४६ रन जोडेको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रन बनाएको थियो ।