काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले तेस्रो विकेट गुमाएको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १०८ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको हो ।
नेपालले तेस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । मल्ल १२ बलमा ७ रन जोडेर आउट गरे ।
नेपालले ६ ओभर १ बलमा ३ विकेट गुमाएर ३५ रन जोडेको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रन बनाएको थियो ।