काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १०८ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको हो ।
नेपालले दोस्रो विकेटको रुपमा ओपनर प्रदीप ऐरीलाई गुमाएको हो । प्रदीपले अमिर हायतले ८ रनमा आउट गरे ।
नेपालले १ ओभर ५ बलमा २ विकेट गुमाएर ९ रन जोडेको छ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रन बनाएको थियो ।