काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १०८ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालले ओपनर तथा कप्तान पारस खड्कालाई गुमाएको हो । कप्तान पारस मोहमद नाभिदको बलमा गोल्डेन डक आउट भए ।
नेपालले १ रन जोड्दा १ विकेट गुमाएको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले पुरै १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रन बनाएको थियो ।