काठमाडौं । नेपालले अहिले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले नवौं विकेट गुमाएको छ ।
युएईले नवौं विकेटको रुपमा सिपी रिजवानलाई गुमाएको हो । नेपालका अविनास बोहराले रिजवानलाई ४४ रनमा आउट गरे ।
युएईले १८ ओभर २ बलमा ९ विकेट गुमाएर १०४ रन जोडेको छ ।
तीन खेलको टी-ट्वान्टी सिरिजमा युएई १-० ले अघि छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।