काठमाडौं । नेपालले अहिले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले सातौं विकेट गुमाएको छ ।
युएईले सातौं विकेटको रुपमा कप्तान मोहमद नाभिदलाई गुमाएको हो । नेपालका अविनास बोहराले नाभिदलाई ७ रनमा आउट गरे ।
युएईले १४ ओभर ३ बलमा ७ विकेट गुमाएर ७८ रन जोडेको छ ।
तीन खेलको टी-ट्वान्टी सिरिजमा युएई १-० ले अघि छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।