काठमाडौं । नेपालले अहिले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले चौथो विकेट गुमाएको छ ।
युएईले चौथो विकेटको रुपमा मोहमद उस्मानलाई गुमाएको हो । नेपालका सन्दीप लामिछानेले लगातार दुई बलमा विकेट लिएका हुन् । सन्दीपले आफ्नो पाँचौ ओभरको पाँचौ बलमा शाईमन अनवरलाई १४ रनमा आउट गरे । यस्तै अन्तिम बलमा सन्दीपले उस्मानलाई सुन्य रनमा आउट गरे ।
युएईले ६ ओभरमा ४ विकेट गुमाएर ३५ रन जोडेको छ ।
तीन खेलको टी-ट्वान्टी सिरिजमा युएई १- ० ले अघि छ ।