पोखरा । प्रविधिको सहायताबाट खेलिने फुटबल खेल '६३ नट आउट : दि फिफा प्रतियोगिता' को उपाधि काठमाडौंका समिर गुरुङले जितेका छन् ।
कोल म्यानेजमेन्ट प्रालिको योजनामा पोखरामा भएको प्रतियोगिता राजन लामालाई पछि पार्दै समिरले उपाधि जितेका हुन् । उपाधिसंगै समिरले ६५ हजार नगद पुरस्कार प्राप्त गरे । यस्तै राजनले ४० हजार नगद प्राप्त गरे ।
पोखरा भाटभटेनीस्थित स्काई स्पोर्ट्समा आयोजना भएको प्रतियोगिताको शीर्ष १६ मा पुगेका खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
नेपालकै सर्वाधिक ठुलो फिफा प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, बुटवल, चितवन र इटहरी गरि ७ सहरबाट ३२ खेलाडी छनोट गरेर फाइनल चरणका लागि पोखरा लागिएको थियो ।
यस्तै आयोजकले प्रतियोगिताको प्रवेश शुल्कको ६.३% आरम्भ फाउन्डेशन नामक संस्थालाई दिइएको जनाएको छ । आरम्भ फाउन्डेशन हाल देशभरका विद्यालय तथा कलेज छोड्न बाध्य भएका विद्यार्थिहरुको पुनर्स्थापनामा कार्यरत छ।