एजेन्सी । एसिया कप फुटबलको उपाधि भिडन्तमा आज (शुक्रबार) राति जापान र कतारबीच प्रतिस्पर्धा हुदैछ । दुबईको अबुधाबीस्थित जयाद स्पोर्टस सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पानै ८ बजे सुरु हुनेछ ।
एसियाली फुटबलको पावर हाउस बन्ने उद्वेश्यका साथ पहिलो पटक फाईनल पुगेको कतार र चार पटकको विजेता जापान आमने सामने हुदैछन् । जापान एसियाली फुटबलको पावर हाउस मानिन्छ भने कतारले सन् २०२२ को विश्वकपको आयोजनाको मौका पाएको छ ।
जापान समुह एफ र कतार समुह ईको विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । प्रि क्वार्टरफाईनलमा जापानले साउदी अरब र कतारले ईराकलाई समान १–० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेका थिए ।
क्वार्टरफाईनलको खेलमा जापानले भियतनाम र कतारले दक्षिण कोरियालाई समान १–० गोल अन्तरले पराजित गरेका थिए ।
सेमिफाईनलको खेलमा भने जापानले ईरानलाई ३–० ले हराउ“दा कतारले संयुक्त अरब ईमिरेट्स युएईलाई ४–० ले पराजित गरेको थियो ।
एसियन कपका ६ खेलमा ८ गोल गरेका अल्मोईज अली कतारका मुख्य हतियार हुन् । फाईनल उत्रदै गर्दा अलीलाई एसियन कपको ईतिहासमा सर्वाधिक गोलको रेकर्ड बनाउने अवसर प्राप्त हुनेछ ।
कतारसंग अक्रम अफिफ समेत हुनेछन् । प्रतियोगितामा सबै भन्दा धेरै गोलको अवसर सिर्जना गरेका अफिफको प्रर्दशनबाट समेत कतारले ठुलो अपेक्षा गरेको छ ।
अलीले एसियाली फुटबलको ध्यान आफुतिर केन्द्रित गर्दा जापान भने मुख्य हतियार युया ओसाकामा निर्भर रहनेछ । चोट मुक्त हुँदै मैदान फर्किएका ओसाकाले ईरानविरुद्वको सेमिफाईनलमा दुई उत्कृष्ट गोल गरेका थिए । जारी प्रतियोगितामा जापानबाट धेरे गोल गर्ने ओसाकाको नाममा ४ गोल रहेकाे छ ।
खेलको रोमाञ्चकता भनेको फाईनलमा दुवै टोलीले कुनै खेलाडीलाई गुमाउनुपर्ने छैन । सेमिफाईनलमा कार्ड नपाएका कारण दुवै टोलीसंग आफ्ना खेलाडी उपलब्ध हुनेछन् ।