एजेन्सी । प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडले विङ्गर एन्थोनी मार्टियलले क्लबसंगको अनुबन्धन सम्झौता नविकरण गरेको छन् । उनले क्लबसंग ५ बर्षको नयाँ सम्झौता नविकरण गरेका हुन् । लामो समयको प्रयासलाई सार्थक रुप दिदै म्यानचेष्टर युनाईटेडले आफ्ना आक्रमक विङ्गरलाई क्लबमै राख्न सफल भएको छ ।
फ्रान्सका अन्तराष्ट्रिय खेलाडी मार्टियलले गत बर्ष अक्टोबरमा क्लबले राखेको प्रस्ताव अस्विकार गरेका थिए । तत्कालिन मुख्य प्रशिक्षक जोसे माउरिन्होसग उनी असन्तुष्ट थिए । उनको पुरानो सम्झौता यसै सिजनको अन्तिममा सकिदै थियो ।
मार्टियलले २५ खेलमा १० गोल र एक गोलको अवसर सिर्जना गरेका छन् । केयर टेकर प्रशिक्षक ओली गुनर सोल्सायरको नेतृत्वमा उनले उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।
पछिल्लो नौ खेलमा अपराजित रहेको म्यान्चेष्टर युनाईटेडसंग मार्टियलले लामो सम्झौता नविकरण गरेका हुन् ।
सम्झौतापछि उनले भने, ‘यस क्लबमा बिताएको समयलाई म निकै प्रेम गर्छु । क्लबमा जोडिएसंगै परिवारको सदस्यको रुपमा महशुश गरेको छु । यस्तै खालको माया र सहयोगको अपेक्षा गरेको छु ।’
उनी सन् २०१५मा फ्रान्सेली क्लब मोनाकोबाट ओल्डट्रोफोर्ड आएका थिए । उनी युरोपेली क्लब फुटबल उत्कृष्ट खेलाडी मानिन्छन् । २३ बर्षको आक्रमक विङ्गरले १ सय ६१ ख्ेलमा ४२ गोल गरेका छन् । उनले एफ ए कपसंगै युरोपा कप र लिग कप जितेका छन् ।