काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले पहिलो टी-ट्वान्टी क्रिकेटमा नेपालले खराब प्रदर्शन कायम राखेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १५४ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले सातौं विकेट गुमाएको छ ।
नेपालले सातौं विकेटको रुपमा सोमपाल कामीलाई गुमाएको हो । सोमपाल २७ रनमा आउट भए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।