काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले पहिलो टी-ट्वान्टी क्रिकेटमा नेपालले खराब प्रदर्शन कायम राखेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १५४ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ ।
नेपालले पाँचौ विकेटको रुपमा रोहित कुमार पौडेललाई गुमाएको हो । रोहित ४ रनमा आउट भए ।
नेपालले १० ओभर सकिदा ५६ रन जोडेर ५ विकेट गुमाएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।