काठमाडौं । नेपालले अहिले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको युएईले छैटौं विकेट गुमाएको छ । युएईले छैटौं विकेटको रुपमा कप्तान मोहमद नाभिद १ रनमा गुमाएको हो ।
बसन्त रेग्मीले नेपाललाई छैटौं सफलता दिलाएका हुन् ।
युएईले १७ ओभर ३ बल सकिदा ६ विकेट गुमाएर १३५ रन जोडेको छ ।