काठमाडौं । नेपालले अहिले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको युएईले पाँचौ विकेट गुमाएको छ । युएईले पाँचौ विकेटको रुपमा शाईमन अनवरलाई ५९ रनमा गुमाएको हो ।
डेब्यु खेलाडी अविनास बोहराले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् ।
युएईले १६ ओभर ५ बल सकिदा ५ विकेट गुमाएर १३४ रन जोडेको छ ।