काठमाडौं । नेपालले अहिले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको युएईले चौथो विकेट गुमाएको छ । युएईले चौथो विकेटको रुपमा मोहमद उस्मानलाई ३० रनमा गुमाएको हो ।
सन्दीप लामिछानेले नेपाललाई चौथो सफलता दिलाएका हुन् । उनको यो दोस्रो विकेट हो ।
युएईले १४ ओभर सकिदा ४ विकेट गुमाएर १०५ रन जोडेको छ ।