काठमाडौं । नेपालले अहिले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको युएईले तेस्रो विकेट गुमाएको छ । युएईले तेस्रो विकेटको रुपमा सिपी रिजवानलाई २२ रनमा गुमाएको हो ।
बसन्त रेग्मीले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।
युएईले ७ ओभर सकिदा ३ विकेट गुमाएर ४३ रन जोडेको छ ।