काठमाडौं । नेपालले अहिले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको युएईले दोस्रो विकेट गुमाएको छ । युएईले दोस्रो विकेटको रुपमा सब्बीरलाई ८ रनमा गुमाएको हो ।
सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।
युएईले ४ ओभर ३ बलमा २ विकेट गुमाएर १९ रन जोडेको छ ।