काठमाडौं । नेपालले अहिले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको युएईले दोस्रो ओभरमा विकेट गुमाएको हो ।
नेपालका सन्दीप लामिछानेले युएईका अस्फाग अहमेदलाई बसन्त रेग्मीको हातबाट क्याच आउट गरे । अहमेद २ रन बनाएर पेभेलियन फर्किए ।
युएईले तेस्रो ओभर सकिदा १ विकेट गुमाएर १४ रन जोडेको छ ।