काठमाडौं। इन्टर मियामीले यस सिजनको आफ्नो पहिलो एमएलएस खेल गुमाएको छ।
एफसी डलासले दोस्रो हाफमा तीन गोल गर्दै ४–३ को सानदार जित दर्ता गर्यो। यो खेल लिओनल मेसीले गुमाएका थिए। इन्टर मियामीले दुई गोलको अग्रता गुमाउँदै पराजय बेहोर्यो र १८ अंकमा सीमित रह्यो।
यसअघि बिहीबार इन्टर मियामीले कन्काकाफ च्याम्पियन्स कपको सेमिफाइनलको पहिलो लेगमा भ्यानकुभरविरुद्ध २–० ले हार खेपेको थियो।
उक्त खेलमा ३७ वर्षीय मेसीले पूरै ९० मिनेट खेलेका थिए। दोस्रो लेग बुधबार मियामीमा हुने भएकाले मेसीको सोमबार खेल्ने सम्भावना न्यून देखिएको थियो।