काठमाडौं । दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज विभागीय नेपाल पुलिस क्लब र लिग विजेता मनाङ मस्र्याङ्दी क्लब आमने सामने हुदैछन् ।
इटहरीको क्षेत्रीय रंगशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।
दुवै टोली फाईनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।
लिग सकिएपछि मोफसलका प्रतियोगितामा दुवै टोली दोस्रो पटक भिड्न लागेका हुन् । दुवै टोली खप्तड गोल्डकपमा भिडेका थिए । सेमिफाईनलको खेलमा पुलिसले मनाङलाई १–० ले हराएको थियो । सो प्रतियोगिता पुलिसले जितेको थियो ।
पल्सर सहिद स्मारक ए डिभिजन लिग विजेता भएको मनाङ मोफसलका प्रतियोगितामा फाइनल पुग्न सकेको छैन । लिगमा पुलिसले मनाङसँग १–० को हार ब्यहोरेको थियो ।
आजको विजेताले उपाधिका लागि माघ १९ गते त्रिभुवन आर्मीसँग खेल्नेछ । पहिलो सेमिफाइनलमा मेची नेत्रायल टे«निङ सेन्टरलाई ४–१ गोलले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा ८ क्लब सहभागि छन् । विजेताले १६ लाख र उपविजेताले ८ लाख रुपैयाँ प्राप्त गर्नेछ ।