काठमाडौं। धनगढी एफसीका फरवार्ड मोहम्मद हिजाजी नेपाल सुपर लिग (एनएसएल) को सर्वाधिक गोलकर्ता घोषित भएका छन्।
लेबनानी फरवार्ड एनएसएल इतिहासका सर्वाधिक गोलकर्ता पनि हुन्। उनले पछिल्ला दुई संस्करणमा नौ गोल गरेका छन्।
तेस्रो संस्करणमा भने उनले पाँच गोल गरेका थिए। दोस्रो संस्करणमा उनले चार गोल गरेका थिए। उनले एक लाख हात पारे।