काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेशमा गर्न बुधबार दोस्रो क्वालिफायरमा धनगढी एफसी र पोखरा थन्डर्स भिड्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ६ बजे हुनेछ। पहिलो क्वालिफायरमा १० खेलाडीमा समिति ललितपुर सिटी एफसीसँग २–१ ले पराजित भएसँगै धनगढीले फाइनलमा पुग्न दोस्रो मौका पाएको हो।
पोखराले भने इलिमिनेटरमा एफसी चितवनमाथि ३–० को सहज जित निकाल्दै धनगढीसँगको भेट पक्का गरेको हो।
लिग चरणमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका थिए। विजेताले शनिबार हुने फाइनलमा ललितपुरलाई चुनौती प्रस्तुत गर्नेछ।