काठमाडौं। मोफसल डर्बीमा झापा फुटबल क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगञ्ज युनाइटेडलाई रोकेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्।
योसँगै वीरगञ्जले शीर्ष स्थानमा रहेका प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लबसँग अंक दूरी घटाउन चुकेको छ। तेस्रो स्थानको वीरगञ्जको सात खेलबाट १२ अंक पुगेको छ। समान खेलबाट झापाको नौ अंक छ।