काठमाडौं । दोस्रो प्रविना जमकट्टेल स्मृति फुटबल प्रतियोगिताको उपाधि रियल स्टार युवा क्लबले उचालेको छ । बुधबार भएको फाइनलमा आरआर एफसीलाई पराजित गर्दै रियलले उपाधि जितेको हो ।
हेटौडामा भएको प्रतियोगिताको फाइनलमा रियल स्टारले आरआर एफसीलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्याे । निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा गरिएको थियो ।
उपाधिसंगै रियल स्टारले ५० हजार, सिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । आरआरले २५ हजार प्राप्त गर्याे ।
हेटौडा फुटबल एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा २४ टिम सहभागी भएका थिए । प्रतियोगिता ८ दिन सम्म हुप्रचौरमा आयोजना भएको थियो ।