काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमको झापामा पाँच दिन ‘क्लोज क्याम्प’ सञ्चालन हुने भएको छ । भारतको उडिसा भुवनेश्वरमा आयोजना हुने प्रतियोगिताका लागि महिला राष्ट्रिय फुटबल टिमको क्लोज क्याम भोलीबाट झापामा सुरु हुने भएको हो ।
प्रतियोगिताका लागि नेपाली टिम आजै (बुधबार) विहान झापा प्रस्थान गरेको छ ।
भोली ( विहिबार ) बाट सुरु हुने क्लोज क्याम्प ५ दिन सम्म चल्ने एन्फाका प्रवक्ता किरण राईले खेलपाटीलाई बताए । ‘महिला टिमले ५ दिन सम्म झापामा रहेर अभ्यास गर्नेछ ।’ राईले भने ।
प्रवक्ता राईको अनुसार टिमले चन्द्रगढीस्थित मेची रंगशालामा अभ्यास गर्नेछ ।
यसअघि, मुख्य प्रशिक्षक हरि खड्काले कप्तान निरु थापाको नेतृत्वमा २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टिमको घोषणा गरेका थिए ।
भारतले आयोजना गर्ने प्रतियोगितामा आयोजक सहित नेपाल, म्यानमार र श्रीलङ्का रहेका छन् ।
प्रतियोगितामा माघ २३ देखि फागुन ५ गतेसम्म आयोजना हुनेछ । आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले प्रतियोगितालाई ओलम्पिक छनोटको तयारीको रुपमा समेत लिएको छ ।
झापाबाट भारत जाने नेपाली टिम :
गोलकिपर : एन्जिला तेम्वाप्पो सुब्वा, अन्जना राना मगर, उषा नाथ ।
डिफेन्डर : हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मन माया लिम्वु ।
मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी ।
स्ट्राइकर : अनु लामा, रेखा पौडेल, निरु थापा, सावित्रा भण्डारी, अनिता के सी ।