एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार नेयमार करिब दश साता मैदान बाहिर रहने भएका छन् । पैतालामा चोटको समस्या बल्झिएपछि उनी करिब साँढे दुई महिना मैदान बाहिर रहने पक्का भएको हो ।
पछिल्लो खबर अनुसार उनले च्याम्पियन्स लिगमा म्यान्चेष्टर युनाईटेडविरुद्वको दुवै लेगको खेल गुमाउनेछन् । जनवरी २३ मा फ्रेन्च कपको दौरान ब्राजिली स्टार नेयमारले चोट बोकेका थिए ।
पीएसजीले अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा फेब्रुअरी १२ मा ओल्डट्राफोर्डको भ्रमण गर्दैछ । उसले मार्च ६ मा घरेलु मैदानमा म्यान्चेष्टर युनाईटेडलाई आतिथ्यता प्रदान गर्नेछ ।
क्लबले बिज्ञप्ती जारी गर्दै मेडिकल टिमको निर्णयमा नेयमार सहमत भएको र करिब १० हप्तामा उनी मैदान फर्कन प्रयास रहने बताएको छ ।