त्रिभुवन आर्मी क्लब इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय इटहरी गोल्डकप प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबले मेची नेत्रायल फुटबल क्लबलाई ४–१ गोलले पराजित गर्याे ।
आज भएको पहिलो सेमिफाइनल खेलमा मेची नेत्रालय फुटबल ट्रेनिङ् सेन्टरलाई पराजित गर्दै आर्मी क्लब लगातार चौथो पटक मोफसल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
आर्मीले खेलमा पहिलो गोल उपहार स्वरुप प्राप्त गरेको थियो । पहिलो हाफको १० औं मिनेटमा ओलासुलेले आत्माघाती गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा सन्तोष तामाङले गोल गर्दा आर्मीले २ –० को अग्रता लिएको थियो ।
उत्कृष्ट प्रदर्शन गरेको आर्मीका लागि दोस्रो हाफमा विवेक बस्नेत र भरत खवासले गोल गरे । विकेक बस्नेतले खेलको ५७ मिनेटमा गोल गरे भने कप्तान भरत खवासले खेलको अन्तिम समयमा गोल गरे ।
पराजित मेची नेत्रालयको लागी एक मात्र गोल खामीर गिल्साङे खेलको ६० औँ मिनेटमा गोल गरे ।
यस अघि आर्मीले फिदिम गोल्डकप, विशाल रनिङ शिल्ड र सिमरा गोल्डकपको फाइनल खेलको थियो । उपाधिका लागी आर्मीले भोली हुने दोस्रो सेमिफाइनलमा नेपाल पुलिस र मनाङ मस्र्याङदी विचको विजेतासँग माघ १९ गते खेल्नेछ । ८ क्लब सम्मिलित प्रतियोगिताको विजेताले १६ लाख र उपविजेताले ८ लाख प्राप्त गर्नेछ ।