काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को लिग चरणका खेल अन्तिम अन्तिम अवस्थामा पुगेका छन्। अब बाँकी छ त दुई खेल।
ललितपुर सिटी एफसी र झापा एफसीबीच बुधबार हुने खेलले कुनै समीकरण बिगार्ने छैन। किनभने शीर्ष स्थानको धनगढी एफसी र ललितपुरले यसअघि नै पहिलो क्वालिफायर स्थान बनाइसकेका छन्।
तर, बिहीबार हुने एफसी चितवन र धनगढीबीचको खेल भने एक समीकरणमा हलचल ल्याउने छ। त्यो हो इलिमिनेटर। अहिले यो एक स्थानका लागि दुई टोली प्रतिस्पर्धा छन्।
६ खेलबाट आठ अंक जोड्दै पोखराले इलिमिनेटरमा स्थान पक्का गरिसकेको छ। तर, पोखरासँग खेल्न भने दुई टोली प्रतीक्षा गरिरहेका छन्। हालको समीकरण हेर्दा काठमाडौं रेजर्स चितवनभन्दा एक अंकले अगाडी छ। अब चितवनलाई पोखरासँग खेल्न अन्तिम खेलमा धनगढीसँग कि बराबरी कि त जितको बिकल्प हुने छैन।
६ खेलबाट आठ अंक पुर्याउँदै शीर्ष चारमा रहेको काठमाडौंको माइन्स एक गोल छ। एक खेल कम खेलेको चितवन भने सात अंकसहित पाँचौं स्थानमा छ। तर, उसको गोलअन्तर शून्य छ। त्यसैले एक अंक बटुले पनि चितवनलाई इलिमिनेटरम पुग्न काफी हुनेछ। हारले भने प्रतियोगिता यही समाप्त हुनेछ।