काठमाडौं। मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई २०६ रनको विशाल लक्ष्य दिएको छ।
अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०५ रनको योगफल तयार गरेको हो।
मुम्बईका तिलक बर्माले सर्वाधिक ५९ रन बनाए। ३३ बल खेलेका उनले ६ चौका र तीन छक्का प्रहार गरे। रियन रिककेल्टनले २५ बलमा पाँच चौका र दुई छक्कासहित ४१ रन प्रहार गरे।
सूर्यकुमार यादव ४० र रोहित शर्मा १८ रनमा आउट हुँदा नमन धीर ३८ रनमा अविजित रहे।
दिल्लीका विपराज निगम र कुल्दीप यादवको नाममा समान दुई विकेट रह्यो।