काठमाडौं। कप्तान श्रेयस अय्यरको आक्रामक ब्याटिङसँगै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादलाई २४६ रनको विशाल लक्ष्य दिएको छ।
राजीव गान्धी इन्टरनेश्नल स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पञ्जाबले ६ विकेट गुमाउँदै २४५ रनको योगफल तयार गरेको हो।
पञ्जाबका श्रेयसले सर्वाधिक ८२ रन बनाए। ३६ बल खेलेका उनले समान ६ चौका र छक्का प्रहार गरे। प्रभसिमरन सिंहले २३ बलमा सात चौका र एक छक्कासहित ४२ रन बनाए।
प्रियांश आर्य ३६ र नेहल वधेरा २७ रनमा आउट हुँदा मार्कस स्टोइनिस ३४ बलमा अविजित रहे। उनले ११ बलमा एक चौका र चार छक्का प्रहार गरे।
हैदराबादका हर्षल पटेलले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४२ रन खर्चिए। इशान मलिंगाको नाममा दुई विकेट रह्यो।