गोरखा। १०औं ओसन कप यु–१३ राष्ट्रिय फुटबल प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। द ओसन क्लबको आयोजनामा हुने प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ।
प्रतियोगितामा थ्री स्टार क्लब, समाज कल्याण खेलकुद केन्द्र क्लब, जि एन्ड ए एकेडेमी, घोडाघोडि फुटबल क्लब, कटारी टाइगर फुटबल क्लब उदयपुर, नव जनजागृती भेट्रान्स क्लब, पटिहानी फुटबल क्लब, नारायणगढ फुटबल क्लब, हिल्ली फिल्डर्स गोरखा एफसी, द ओल्ड क्यापिटल मावि, श्री लक्ष्मी सामुदायिक शिक्षा सदन र द ओसन क्लबको सहभागिता रहनेछ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा ३९ खेल हुनेछन्। सहभागी टिमले एकआपसमा कम्तिमा पाँच खेल खेल्नेछन्।
प्रतियोगिताको विजेताले ओसन कप रनिङ ट्रफीसहित २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले १५ हजार रुपैयाँमा चित्त बुझाउने छन्। प्लेट च्याम्पियन टिमले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ।