नेपालगन्ज। लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तीन विभागीयसहित आठ टोलीले सहभागिता जनाउने भएको छ।
प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली एफसी, सुदुरपश्चिम एफसी, सिलगुडी फुटबल क्लब, रौतहट जिल्ला फुटबल संघ टिमले प्रतिस्पर्धा गर्ने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिएका हुन्।
बाँके जिल्ला फुटबल संघको सहकार्यमा हुन लागेको प्रतियोगिताको विजेताले पाँच लाख पाँच हजार ५ ५५ रुपैयाँ र उपविजेता टिमले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
हरेक खेलमा उत्कृष्ट खेलाडी र प्रतियोगितामा विधागततर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने छ।नेपालगन्ज रंगशालामा आगामी वैशाख ५ गतेदेखि १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ।