काठमाडौं। पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल)मा साबिक उपविजेता धनगढी एफसीलाई बराबरीमा रोकेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्। जारी प्रतियोगितामा धनगढीको यो लगातार दोस्रो बराबरी हो।
बुटवल लुम्बिनी एफसीविरुद्ध ४–१ जितसहित प्रतियोगिता सुरुआत गरेको धनगढी दोस्रो खेलमा साबिक विजेता ललितपुर सिटी एफसीसँग गोलरहित बराबरी खेलेको थियो। लगत्तैको खेलमा पनि धनगढी गोलविहीन हुन पुगेको हो।
यो नतिजासँगै अपराजित धनगढीले तीन खेलबाट पाँच अंक पुर्याएको छ। एक खेल बढी खेलेको पोखराको भने तीन अंक छ।