काठमाडौं। विजय उरावको निर्णायक गोलसँगै बिग्रेड ब्वाइज क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल क्लबमाथि कठिन जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा बिग्रेड १–० ले विजयी भएको हो।
यो नतिजासँगै बिग्रेड पाँच खेलबाट सात अंकसहित छैटौं स्थानमा उक्लिएको छ। समान खेलबाट टुसालको भने ६ अंक छ।
बराबरीतर्फ उन्मुख खेलको अन्त्यतिर विजयले विजयी गोल गरेका हुन्। उनले ८७औं मिनेटमा गोल गर्दै टोलीलाई दोस्रो जित दिलाए।