काठमाडौं। अन्नपूर्ण क्लब (आरसिटी)ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा तेस्रो हार बेहोरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा झापा फुटबल क्लबसँग आरसिटी २–० ले पराजित भएको हो। योसँगै झापा पाँच खेलबाट सात अंक बटुल्दै चौथो स्थानमा उक्लिएको छ।
समान खेलबाट आरसिटीको भने चार अंक छ। प्रदीप बूढाथोकी र मनिष लिम्बूले गोल गरे। आरसिटीका प्रज्जवल गुरुङले गरेको गोल सान्त्वना रह्यो।
खेलको २०औं मिनेटमा प्रदीपले गोल गर्दै झापालाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा मनिषले गोल गर्दै अग्रता २–० मा पुर्याएका थिए।
तर, ५५औं मिनेटमा प्रज्जवलले गोल गर्दै आरसिटीलाई २–१ को स्थितिमा ल्याए। उनको यो गोलसँगै आरसिटीलाई राहत मिलेको थियो। तर, अग्रता भने उल्टाउन सकेन।