सिमरा। अनिल रानामगरले निर्णायक गोलसँगै मच्छिन्द्र फुटबल क्लब लगातार दोस्रोपटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति सम्पन्न पहिलो सेमीफाइनलमा हनामी बिएफसी चितवनलाई १–० ले हराउँदै मच्छिन्द्र उपाधिनजिक पुगेको हो।
मच्छिन्द्र गत वर्ष सम्पन्न १४औं संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो। मच्छिन्द्रको जितमा वैकल्पिक खेलाडी अनिलले निर्णायक गोल गरे। प्रशिक्षक सन्तोष न्यौपानेले ६५ मिनटमा सविन गुरुङको स्थानमा उनलाई मैदान पठाएका थिए।
मैदान प्रवेश गरेको तेस्रो मिनटमै अनिलले गोल गरे। चितवनका विमल थोकरले दिएको पास नियन्त्रण गर्न अघि बढेका भरतपुरका गोलकिपर मनोज गुरुङलाई बिट गर्दै अनिलले गोल गरेका थिए।