इलाम। इलामको रेडहर्स एफसी मंगलबार पाँचौ सन्दकपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
दोस्रो क्वार्टरफाइनलमा कोशी प्रदेश प्रहरी टिम विराटनगर रानीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै रेडहर्स अन्तिम चारमा प्रवेश गरेको हो। निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि निर्णयका लागि टाइब्रेकर रोजिएको थियो।
टाइब्रेकरका रेडहर्सका गोलकिपर निशम दनुवार नायक बने। उनले प्रहरीको दुई वटा प्रहार बचाए। पहिलो हाफको २०औं मिनेटमा सन्देश खवासको गोलबाट रेडहर्सले अग्रता बनाएको थियो।
८२औं मिनेटमा प्रहरीका अभिषेक आलेमगरले गोल गर्दै खेललाई बराबरीमा पुर्याए। रेडहर्सका गोलकिपर निशम खेलको प्लेयर अफ द म्याच बने। उनले दुई हजार पाँच सयसहित ट्रफी पाए।