काठमाडौं। प्रियान्स आर्याको शतकसँगै पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई २२० रनको विशाल लक्ष्य दिएको छ।
पहिला ब्याटिङ थालेको पञ्जाबकले ६ विकेट गुमाउँदै २१९ रन बनाएको हो। प्रियान्सले सर्वाधिक १०३ रन बनाए। ४२ बल खेलेका उनले सात चौका र नौ छक्का प्रहार गरे।
शशांक सिंहले अविजित रहँदै ३६ बलमा दुई चौका र तीन छक्कासहित ५२ रन बनाए। मार्को जनसेनले अविजित ३४ रनको योगदान दिए।
चेन्नईका खालिल अहमद र रवीचन्द्रन अश्विनको नाममा समान दुई विकेट रह्यो।