काठमाडौं। घरेलु टोली नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दै आइसिसी यु–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट सुरुआत गर्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो दिन नै नेपाल र युएई भिड्ने भएका हुन्।
यी दुईबीचको खेल माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अप्रिल १३ मा हुनेछ। नेपालले दोस्रो खेल अप्रिल १६ मा हङकङसँग खेल्नेछ। यस्तै, अन्तिम खेल अफगानिस्तानसँग खेल्ने क्यानले जनाएको छ।