काठमाडौं। श्रीकृष्ण तामाङको निर्णायक गोलसँगै नयाँ बस्ती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा नयाँ बस्तीले वीरगञ्ज युनाइटेडलाई १–० ले पाखा लगाएको हो। यो नतिजासँगै नयाँ बस्तीले पाँच खेलबाट पाँच अंक पुर्याएको छ।
वीरगञ्जको समान खेलबाट आठ अंक छ। निर्धारित ९० मिनेट दुवै टोलीले बराबरी खेलेका थिए। तर, इन्जुरी समयको पहिलो मिनेटमा श्रीकृष्णले गोल गर्दै नयाँ बस्तीलाई जित दिलाएका हुन्।